सेयर बजारका विषयमा छलफल गर्दै प्रधानमन्त्री बालेन, क-कसले पाए निम्ता?



बिजमाण्डू
२०८३ साउन ४ गते ११:१४ | Jul 20, 2026
सेयर बजारका विषयमा छलफल गर्दै प्रधानमन्त्री बालेन, क-कसले पाए निम्ता?


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सेयर बजारको विषयमा छलफलका लागि सरोकारवालाहरुलाई बोलाएका छन्।

Tata
GBIME

प्रधानमन्त्री बालेनले सेयर बजारबारे छलफलका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नागरिक स्टक डिलर कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ लगायतलाई बोलाएका हुन्।

छलफलका लागि सेयर ब्रोकर प्रियराज रेग्मी र लगानीकर्ता अम्बिका प्रसाद पौडेललाई पनि निम्ता गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बालेनको सचिवालयका अनुसार सोमबार अपराह्न १२ बजेका लागि तय बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयास र अर्थतन्त्रका विभिन्न विषयमा केन्द्रित रहेर छलफल हुनेछ।

बालेन प्रधानमन्त्री भएपछि सेयर बजार लगातार ३६० अंकले ओरालो लागेकामा आर्थिक वर्षको पहिलो दिन अर्थात साउन १ गते भने करिब ८० अंकले उकालो लागेको थियो।