सेयर बजारबाट हुने आम्दानीमा सरकारलाई धक्का, पुँजीगत लाभकर ३७.४२% घट्यो



बिजमाण्डू
२०८३ साउन १ गते १५:१३ | Jul 17, 2026
सेयर बजारबाट हुने आम्दानीमा सरकारलाई धक्का, पुँजीगत लाभकर ३७.४२% घट्यो


काठमाडौं। सेयर बजारबाट हुने आम्दानीमा सरकारलाई धक्का लागेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा पुँजीगत लाभकर ३७.४२ प्रतिशतले घटेको छ।

Tata
GBIME

२०८२/८३ मा सेयर बजारबाट सरकारले पुँजीगत लाभकरबापत १० अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको छ। सरकारले अघिल्लो वर्ष पुँजीगत लाभकरबापत १६ अर्ब ५४ करोड रुपैयाँ आम्दानी गरेको थियो।

गत वर्ष साउनमा ३००२ अंक पुगेको सेयर बजार त्यसपछि ओरालो लागेर २४८५ विन्दुसम्म आएको असर पुँजीगत लाभकरबापतको सरकारी आम्दानीमा परेको हो।

२०८२/८३ को असारमा सरकारले सेयर किनबेचबाट ८० करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ। यो रकम अघिल्लो वर्षभन्दा ३६.५३ प्रतिशतले कम हो।

सेयर किनबेचबाट सरकारलाई प्राप्त दुई आर्थिक वर्षको पुँजीगत लाभकर लाखमा

महिना२०८२/८३२०८१/८२फरक %
साउन२१५७५४२३७८-४९.०९
भदौ६०१४२५७९४-७६.६८
असोज२४३९५८६५-५८.४१
कात्तिक३८०५७५८७-४९.८५
मंसिर६२९८१०४००-३९.४४
पुस५८४३५८०००.७४
माघ१२,९१९१०५७०२२.२२
फागुन५५१५१३३०२-५८.५४
चैत१७३५७६९३५१५०.२८
वैशाख९३६११२२९२-२३.८४
जेठ४३१८११७८२-६३.३५
असार८०६८१२७१२-३६.५३
कुल१०३,५१२१६५४१७-३७.४२
स्रोत : सीडीएस एण्ड क्लियरिङ लिमिटेड