निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, १० प्रतिशत ब्याज तिरे ऋण पुनर्संरचना हुने

बिजमाण्डू
२०८३ असार ३१ गते २०:५६ | Jul 15, 2026
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, १० प्रतिशत ब्याज तिरे ऋण पुनर्संरचना हुने


काठमाडौं। निर्माण व्यवसायीका लागि नेपाल राष्ट्र बैंकले राहत दिएको छ। राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै निर्माण व्यवसायीलाई ऋण पुनर्संरचना तथा पुनर्तालिकीकरणको सुविधा दिएको हो।

Vigo
GBIME
Tata

सार्वजनिक निकायबाट स्रोत सुनिश्चित भई परियोजनाको निर्माण कार्य सम्पन्न भएको वा निर्माण कार्य भइरहेको तर भुक्तानी हुन बाँकी रहेका निर्माण व्यवसायीलाई प्रवाह भएको कर्जाको हकमा पुनर्संरचनाको सुविधा दिइएको हो।

निर्माण व्यवसायीले बुझाउनु पर्ने ब्याजको कम्तीमा १० प्रतिशत भुक्तानी गरेपछि सुविधा पाउने छन्। उनीहरूले पुनर्संरचना आगामी असोजभित्र गरिसक्नु पर्छ।

बैंकहरुले पनि पुनर्संरचना गरिएको कर्जाको ५ प्रतिशत नोक्सानी व्यवस्थापन गर्नु पर्छ। कर्जा निष्क्रिय भइसकेको छ भने ५ प्रतिशतको व्यवस्था लागु हुँदैन।