ऋण विस्तार घट्ने भएपछि राष्ट्र बैंकले चालु पुँजीको ‘भेरियन्स’ व्यवस्था एक वर्ष अझै धकेल्यो

बिजमाण्डू
२०८३ असार ३१ गते २०:५० | Jul 15, 2026
ऋण विस्तार घट्ने भएपछि राष्ट्र बैंकले चालु पुँजीको ‘भेरियन्स’ व्यवस्था एक वर्ष अझै धकेल्यो


काठमाडौं। नेपाल राष्ट्र बैंकले ऋण लगानी थप घट्ने देखेपछि चालु पुँजी कर्जाको मार्ग निर्देशन संशोधन गरेको छ।

Vigo
GBIME
Tata

राष्ट्र बैंकले बुधबार निर्देशिका जारी गर्दै चालु पुँजी कर्जामा भएको ‘भेरियन्स’ सम्बन्धी व्यवस्था एक वर्षलाई थप गरिदिएको हो।

ऋणीले पेस गरेको अनुमानित वित्तीय विवरण यथार्थपरक रहे नरहेको सम्बन्धमा विस्तृत विश्लेषण गरी वास्तविकताको नजिक हुने विवरणलाई आधार मानी चालु पुँजी कर्जा सीमा स्वीकृत गर्नु पर्ने हुन्थ्यो। यो व्यवस्था यही असार मसान्तदेखि लागू हुन्थ्यो।

अहिलेको आर्थिक सुस्तताका बेला व्यवसायीको कारोबारदेखि नाफासम्म घटेको छ। यो व्यवस्था लागू हुने हो भने व्यवसायीले पाइरहेको ऋण थप घट्ने छ। लक्ष्य अनुसार ऋण बिस्तार नभइरहेका बेला थप ऋण घट्ने भएपछि राष्ट्र बैंकले यसलाई २०८४ सम्म धकेलेको हो।

राष्ट्र बैंकले चालु वर्ष १२ प्रतिशतले ऋण बिस्तार गर्ने प्रक्षेपण गरेको थियो। तर जम्मा ६ प्रतिशतले मात्र ऋण बढेको छ। आगामी वर्षको लक्ष्य ११ प्रतिशत छ।