आइपीओका लागि सेबोनमा आवेदन दिएपछि कम्पनीले नयाँ सेयरधनी थप्न नपाउने

बिजमाण्डू
२०८३ असार ३१ गते १३:५५ | Jul 15, 2026
आइपीओका लागि सेबोनमा आवेदन दिएपछि कम्पनीले नयाँ सेयरधनी थप्न नपाउने


काठमाडौं। नेपाल धितोपत्र बोर्डले आइपीओ निष्कासनको अनुमति माग गर्दै कम्पनीले आवेदन दिएपछि नयाँ सेयरधनी थप्न नपाउने व्यवस्था गर्ने भएको छ।

Vigo
GBIME
Tata

कम्पनीहरुले आइपीओ निष्कासनअघि लगानीकर्ताबाट पैसा उठाउने गरेकामा सेबोनले आगामी आर्थिक वर्षको नीतिमार्फत त्यसमा लगाम लगाउने बताएको हो।

कम्पनीहरुले आइपीओ निष्कासनका लागि आवेदन दिएपछि नयाँ सेयरधनी थपेमा तत्काल आइपीओ अनुमति नपाउने व्यवस्था गरिने भएको छ।

‘प्रारम्भिक सार्वजनिक निष्कासनका लागि बोर्डमा निवेदन दिएपश्चात् संगठित संस्थाको सेयरधनी थप गर्न नपाउने तथा नयाँ सेयरधनी थपेको अवस्थामा निश्चित अवधि पुगे पश्चात मात्र सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्था मिलाउने,’ सेबोनले भनेको छ।