क्रेडिट रेटिङ एजेन्सीमाथि कडाइ, सुपरिवेक्षणका लागि विश्लेषणात्मक मापदण्ड लागू गरिने



बिजमाण्डू
२०८३ असार ३१ गते १३:०७ | Jul 15, 2026
क्रेडिट रेटिङ एजेन्सीमाथि कडाइ, सुपरिवेक्षणका लागि विश्लेषणात्मक मापदण्ड लागू गरिने


काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले क्रेडिट रेटिङ एजेन्सीमाथि कडाइ गर्ने भएको छ। सेबोनले आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीतिमार्फत क्रेडिट रेटिङ एजेन्सीको सुपरिवेक्षणमा न्यूनतम विश्लेषणात्मक मापदण्ड लागू गर्ने बताएको हो।

Tata
GBIME
Nepal Life

‘क्रेडिट रेटिङ एजेन्सीको प्रभावकारी सुपरिवेक्षण गर्न न्यूनतम विश्लेषणात्मक मापदण्ड (कि एनलाइटिकल प्यारामिटर) विकास गरी सुपरिवेक्षण म्यानुअल लागू गर्ने,’ सेबोनको नीतिमा उल्लेख छ।

यसले क्रेडिट रेटिङ एजेन्सीको कामलाई प्रभावकारी एवं विश्वसनीय बनाउने सेबोनको तर्क छ। बजारमा सार्वजनिक निष्कासन अघि कम्पनीको वित्तीय स्थिति, दायित्व, जोखिम लगायत विषय थाहा पाउन कम्पनीले अनिवार्य रेटिङ गराउनु पर्ने प्रावधान छ।

तर, रेटिङ एजेन्सीकै कमजोर नियमनले जस्ता पनि कम्पनीको वित्तीय स्थितिबारे वास्तविक तस्बिर नदेखिंदा लगानीकर्ताको लगानी नै जोखिममा पर्ने गरेको छ।