काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह डेढ महिनापछि प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका छन्।
संचारगृहको गेटमा गाडी पार्किङ गराएर सरकारले आतंक मच्चाएको भन्दै चर्को आलोचना भइरहँदा प्रधानमन्त्री बालेन मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै बैठकमा उपस्थित भएका हुन्।
बालेन पछिल्लो पटक जेठ १७ गते संसद् बैठकमा उपस्थित भएका थिए। त्यस दिन एक्कासी सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने विवादित अभिव्यक्ति दिएका थिए। त्यसपछि प्रतिपक्षी दलले जवाफ मागेर संसद अवरुद्ध गरेकामा बालेन ४४ दिनपछि बैठकमा सहभागी भएका हुन्।
एमालेका प्रमुख सचेतक ऐन महरले रवि र बालेनले नियम तोडेको भन्दै आपत्ति जनाएका छन्। उनले बैठकमा राप्रपाकी प्रमुख सचेतक खुस्बु ओली बोलिरहेको बेलामा अगाडिबाट हिँडेको भन्दै नियमापत्ति गर्दै रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए।










