सामान्य प्रशासन मन्त्रालयले गर्‍यो ११२ अधिकृतको सरुवा, अतिरिक्त समूहका ३० जना पालिकाका हाकिम



बिजमाण्डू
२०८३ असार ३० गते ११:१० | Jul 14, 2026
सामान्य प्रशासन मन्त्रालयले गर्‍यो ११२ अधिकृतको सरुवा, अतिरिक्त समूहका ३० जना पालिकाका हाकिम


काठमाडौं। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। मन्त्रालयले अतिरिक्त समूहमा रहेका ८२ जनासहित ११२ शाखा अधिकृतको सोमबार सरुवा गरेको हो।

Tata
GBIME
Nepal Life

अतरिक्त समूहबाट सरुवा भएका विभिन्न ३० अधिकृतले विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन्।

सरुवामा २७ जना प्रमुख प्रशासकीय अधिकृत पनि परेका छन्। उनीहरुलाई गृह र युवा मन्त्रालय मातहत सरुवा गरिएको हो।