रेमिटेन्स ३८.२% ले वृद्धि, जेठमा भित्रियो २.०४ खर्ब, ११ महिनामा ७.२३ लाख युवा वैदेशिक रोजगारीमा



बिजमाण्डू
२०८३ असार २९ गते १९:४९ | Jul 13, 2026
रेमिटेन्स ३८.२% ले वृद्धि, जेठमा भित्रियो २.०४ खर्ब, ११ महिनामा ७.२३ लाख युवा वैदेशिक रोजगारीमा


काठमाडौं। रेमिटेन्स आप्रवाह ३८.२ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो आर्थिक वर्ष ११ महिनामा २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ।

Tata
GBIME
Nepal Life

त्यसमध्ये २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ जेठ महिनामा भित्रिएको हो। अघिल्लो वर्ष सोही महिनामा १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो।

पोहोर ११ महिनामा रेमिटेन्सको वृद्धि १५.६ प्रतिशतमा सीमित थियो।

यस वर्ष ११ महिनामा ७ लाख २३ हजार युवा वैदेशिक रोजगारीमा गएका छन्। पोहोर ११ महिनामा कामका लागि ७ लाख ६० हजार विदेशिएका थिए।