महालक्ष्मी विकास बैंकको ज्ञानेश्वरमा कफी लाउञ्जसहित डिजिटल हब, के छन् सुविधा ?

बिजमाण्डू
२०८३ असार २९ गते १७:२५ | Jul 13, 2026
महालक्ष्मी विकास बैंकको ज्ञानेश्वरमा कफी लाउञ्जसहित डिजिटल हब, के छन् सुविधा ?


काठमाडौं। महालक्ष्मी विकास बैंकले ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब संचालनमा ल्याएको छ।

Vigo
GBIME
Tata

यो सेवा दिने महालक्ष्मी सम्भवत: पहिलो बैंक हो। बैंक अध्यक्ष राजेश उपाध्यायले आइतबार डिजिटल हबको उद्घाटन गरे। उनले सुरक्षित प्रविधि तथा ग्राहकमैत्री बनाउने बैंकको उदेश्यसहित हब संचालनमा ल्याइएको बताउँदै बैंकिङ सेवामा नविनत्तम अवधारणाको प्रयोग गरेर कफी लाउञ्जको सुविधा थप गरिएको जानकारी दिए।

बैंकका अनुसार ग्राहकले आरामदायी वातावरणमा ग्राहकले नगद जम्मा गर्ने, चेक क्लियरिङ गर्ने, नगद झिक्ने र अन्य विद्युतीय कारोबारहरु गर्न सक्नेछन्। राष्ट्र बैंकको ‘रेगुलेटरी स्यान्डबक्स’को अवधारणालाई अबलम्बन गरेर भविष्यमा वित्तीय सेवामा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

कार्यक्रममा बैंकका सीइओ दीपेश लम्साल र संचालक समिति सदस्य र बैंकका उच्च व्यवस्थापन सहभागी थिए।