गभर्नर, डेपुटी गभर्नरको कार्यकाल घटाउन राष्ट्र बैंक ऐनमा संशोधन, चार वर्षमा झार्नु पर्ने प्रस्ताव

बिजमाण्डू
२०८३ असार २४ गते १२:४५ | Jul 8, 2026
गभर्नर, डेपुटी गभर्नरको कार्यकाल घटाउन राष्ट्र बैंक ऐनमा संशोधन, चार वर्षमा झार्नु पर्ने प्रस्ताव


काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको कार्यकाल घटाउनु पर्ने संशोधन प्रस्ताव दर्ता भएको छ। प्रतिनिधि सभामा पुगेको नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०८३ मा संशोधन हाल्दै सांसदहरुले कार्यकाल घटाउन प्रस्ताव गरेका हुन्।

Vigo
GBIME
Tata

सांसद सुशील खड्काले गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको कार्यकाल घटाउनु पर्ने प्रस्ताव गरेका हुन्। उनले ५ वर्षको कार्यकाललाई ४ वर्षमा झार्नु पर्ने प्रस्ताव दर्ता गराएका छन्।

गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको अयोग्यतामा पनि संशोधन दर्ता भएको छ। राष्ट्र बैकबाट अवकाश भएको तीन वर्षपछि मात्र सञ्चालक बन्न पाउने प्रस्तावलाई संशोधन गर्दै दुई वर्षमा झार्नु पर्ने प्रस्ताव सांसद लिमा अधिकारीले गरेकी छन्।

बैंक तथा वित्तीय संस्थामा ५ प्रतिशतभन्दा बढी सेयर हुने सञ्चालक बन्न नपाउने व्यवस्थामा सांसद सुशील खड्काले ०.५ प्रतिशत गर्नु पर्ने संशोधन दर्ता गराएका छन्।

नेपाल राष्ट्र बैंकको पुँजी वृद्धि गर्नुपर्ने समेत प्रस्ताव गरिएको छ। अहिले ५ अर्ब रुपैयाँको पुँजी १० अर्ब रुपैयाँ पुर्‍याउनु पर्ने संशोधन गुरुप्रसाद बरालले दर्ता गराएका छन्।