बैंकहरुले डलर सटही नगरी राष्ट्र बैंकमै राख्न सक्ने, बजारमा नेपाली मुद्राको प्रवाह कम हुने

बिजमाण्डू
२०८३ असार २३ गते १६:५९ | Jul 7, 2026
बैंकहरुले डलर सटही नगरी राष्ट्र बैंकमै राख्न सक्ने, बजारमा नेपाली मुद्राको प्रवाह कम हुने


काठमाडौं। नेपाल राष्ट्र बैंकले अबदेखि बैंकहरुसँग भएको विदेशी मुद्रा त्यही स्वरुपमा खरीद गर्न नीति लिने भएको छ।

Vigo
GBIME
Tata

आगामी बर्षको मौद्रिक नीति सार्वजनिकपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले बैंकहरुले ल्याएको डलर त्यही रुपमा खरीद गरिने तयारी भएको बताए।

अहिले बैंकहरुले लगेको डलरबापत राष्ट्र बैंकले नेपाली मुद्राको सटही दिँदै आएको छ। यसो हुँदा रेमिटेन्सलगायत बढ्दा बजारमा नेपाली रुपैयाँको प्रवाह बढ्ने गरेको थियो। अबदेखि त्यो अवस्था नहुने उनले बताए।

बैंकहरुले यसरी आफूसँग भएको डलरको निक्षेपबाट विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न सक्छन्। यस बारेमा पनि मौद्रिक नीतिमा बोलिएको छ।