बैंक, वित्तीय संस्था र गैर वित्तीय संस्थालाई लक्षित क्षेत्रमा सेवा विस्तार गर्न प्रोत्साहन गरिने



बिजमाण्डू
२०८३ असार २३ गते १६:३६ | Jul 7, 2026
बैंक, वित्तीय संस्था र गैर वित्तीय संस्थालाई लक्षित क्षेत्रमा सेवा विस्तार गर्न प्रोत्साहन गरिने


काठमाडौं। बैंक, वित्तीय संस्था र गैर वित्तीय संस्थालाई लक्षित कार्यक्रममा सेवा विस्तार गर्न प्रोत्साहन गरिने भएको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई वर्गीकरणका आधारमा लक्षित क्षेत्रमा सेवा विस्तार गर्न प्रोत्साहन गर्ने बताएको हो।

‘बैंक तथा वित्तीय संस्थाको वर्गीकरण सम्बन्धमा भइरहेको अध्ययन सम्पन्न गरी सोही अनुरुप बैंक, वित्तीय संस्था र गैर वित्तीय संस्थालाई लक्षित कार्यक्रममा सेवा विस्तार गर्न प्रोत्साहन गर्ने नियामकीय व्यवस्था क्रमश: लागू गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ।