सार्वजनिक विद्युतीय गाडीमा कर्जा मूल्य अनुपात बढाइने, पीटूपी लेनदेनबारे अध्ययन गरिने

बिजमाण्डू
२०८३ असार २३ गते १६:२२ | Jul 7, 2026
सार्वजनिक विद्युतीय गाडीमा कर्जा मूल्य अनुपात बढाइने, पीटूपी लेनदेनबारे अध्ययन गरिने


काठमाडौं। नेपाल राष्ट्र बैंकले सार्वजनिकरुपमा प्रयोग हुने ठूला विद्युतीय सवारी साधनको कर्जा मूल्य अनुपातमा सहजीकरण गर्ने भएको छ।

Vigo
GBIME
Tata

राष्ट्र बैंकले मंगलबार अपराह्न आगामी वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सार्वजनिकरुपमा प्रयोग हुने ठूला विद्युतीय सवारी साधनको कर्जा मूल्य अनुपातमा सहजीकरण गर्ने बताएको हो।

हाल सबै प्रकारका सवारी साधानमा कर्जा मूल्य अनुपात ६० प्रतिशत छ।

व्यक्तिगत क्रेडिट रेटिङ स्कोरिङ प्रणालीमा आधारित पेयर टू पेयर (पीटूपी) लेनदेन संचालनका सम्बन्धमा अध्ययन गर्ने मौद्रिक नीतिमा उल्लेख छ। सरकारले बजेटमार्फत घोषणा गरेको विषयलाई राष्ट्र बैंकले अध्ययन गरी संचालनमा ल्याउने भएको हो।

राष्ट्र बैंकले विदेशी विनिमय सटहीको व्यवस्थामा पनि सहजीकरण गर्ने जनाएको छ। ‘विदेशी विनिमय सटहीको व्यवस्थालाई सहजीकरण गर्दै विदेशी विनिमय कारोबार गर्ने संस्थाहरुलाई जारी गरिएको एकीकृत परिपत्रलाई सरलीकरण गर्दै लगिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ।