आगामी वर्षको मौद्रिक नीति केही बेरमा, ऋण विस्तारलाई प्रोत्साहित गर्न सीआरआर यथावत 

बिजमाण्डू
२०८३ असार २३ गते १४:२२ | Jul 7, 2026
आगामी वर्षको मौद्रिक नीति केही बेरमा, ऋण विस्तारलाई प्रोत्साहित गर्न सीआरआर यथावत 


काठमाडौं।  नेपाल राष्ट्र बैंकले कर्जा लगानीलाई प्रोत्साहित गर्न आगामी वर्षका लागि अनिवार्य तरलना अनुपात (सीआरआर) लाई यथावत राख्ने भएको छ।

Vigo
GBIME
Tata

व्यवस्थापन समितिबाट पारित गराएर संचालक समितिको बैठकमा छलफलका क्रममा सीआरआर यथावत राख्ने सहमति बनेको हो।

 राष्ट्र बैंकले एक घण्टापछि आगामी आर्थिक वर्षको मौद्रिक नीति जारी गर्दैछ। अहिले सीआरआर ४ प्रतिशत छ।

‘सरकारले राखेको ७ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य पुरा गर्न ऋण विस्तारको नीति लिनु पर्नेछ’ एक संचालकले भने, ‘अहिलेको तरलताका कारण सीआरआरलाई कसेर जानु पर्ने बाध्यता भएपनि ऋण विस्तारलाई प्रोत्साहित गर्न सीआरआर यथावत राख्ने कुरा भएको छ।’