राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र निष्कासन, बैंक तथा वित्तीय संस्थासँग बोलकबोलमा प्रस्ताव माग



बिजमाण्डू
२०८३ असार २३ गते ११:०७ | Jul 7, 2026
राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र निष्कासन, बैंक तथा वित्तीय संस्थासँग बोलकबोलमा प्रस्ताव माग


काठमाडौं। नेपाल राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गरेको छ। मंगलबार राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (ङ)’ निष्कासनमा ल्याएको हो।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले पछिल्लो दुई सातामा १ खर्ब १५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गरिसकेको छ।

असार १६ गते ३५ अर्ब रुपैयाँ, असार १७ गते ४५ अर्ब, असार १९ गते २५ अर्ब र असार २२ गते २० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको थियो।

पुन: मंगलबार राष्ट्र बैंकले १ वर्ष अवधिको लागि २५ अर्ब रुपैयाँको ऋणपत्र बिक्रीमा ल्याएको छ। ऋणपत्रका लागि बैंक तथा वित्तीय संस्थाहरूले शुक्रबार ३ बजेभित्र बोलकबोलमार्फत आवेदन दिन सक्ने छन् ।

ऋणपत्रमा न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ।