बैंकका संचालकसँग राष्ट्र बैंकको अन्तरक्रिया, संस्थागत सुशासनमा जाेड

बिजमाण्डू
२०८३ असार २३ गते ११:५९ | Jul 7, 2026
बैंकका संचालकसँग राष्ट्र बैंकको अन्तरक्रिया, संस्थागत सुशासनमा जाेड


काठमाडौं । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाका संचालकहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको छ।

Vigo
GBIME
Tata

बैंक तथा वित्तीय क्षेत्रको नियामकीय व्यवस्था प्रभावकारी बनाउने, संस्थागत सुशासनलाई थप सुदृढ गर्ने तथा नियामक र संचालकबीच समन्वय अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।

नियमन विभागले नियमित रुपमा संचालन गर्दै आएको कार्यक्रममा नियमन विभाग र बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागका अधिकारीहरुले समसामयिक विषयमा प्रस्तुतीकरण गरेका थिए।

कार्यक्रममा नियामकीय व्यवस्था, सुपरिवेक्षणका क्रममा देखिएका प्रवृत्ति, संचालक समितिको भूमिका तथा जिम्मेवारी, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली र संस्थागत सुशासनका विषयमा विस्तृत छलफल भएको थियो।

प्रस्तुतीकरणका क्रममा बैंक तथा वित्तीय संस्थामा प्रभावकारी संस्थागत सुशासन कायम गर्न संचालक समितिको सक्रिय भूमिका, नीति निर्माण, कानुन तथा निर्देशनको पालना, पारदर्शिता, जवाफदेहिता तथा जोखिममा आधारित निर्णय प्रक्रियालाई थप सुदृढ बनाउनुपर्ने विषयमा जोड दिइएको थियो।

साथै, नियामकीय निर्देशनको प्रभावकारी कार्यान्वयनले बैंकिङ प्रणालीको स्थायित्व र विश्वसनीयता बढाउने धारणा पनि राखिएको थियो।

संचालकहरुले नियामकीय व्यवस्था कार्यान्वयनका क्रममा देखिएका व्यवहारिक चुनौती, बैंकिङ क्षेत्रका समसामयिक विषय तथा सुधारका सम्भावित उपायबारे आफ्ना जिज्ञासा, अनुभव र सुझाव प्रस्तुत गरेका थिए।