सेबोनले मुद्दती निक्षेपमा लगानी गर्दै, बैंक तथा वित्तीय संस्थासँग माग्यो ब्याजदरको प्रस्ताव

बिजमाण्डू
२०८३ असार २२ गते ११:२९ | Jul 6, 2026
सेबोनले मुद्दती निक्षेपमा लगानी गर्दै, बैंक तथा वित्तीय संस्थासँग माग्यो ब्याजदरको प्रस्ताव


काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। सेबोनले मुद्दतीमा लगानीका लागि बैंक तथा वित्तीय संस्थासँग सोमबार ब्याजदरको प्रस्ताव माग गरेको छ।

Vigo
GBIME
Tata

सेबोनले अक्षय कोष र लगानी योग्य रकम १ वर्षका लागि मुद्दतीमा लगानी गर्न लागेको हो। बैंकहरुले १ वर्ष ब्याज दरसहित पाँच कार्य दिनभित्र सिलबन्दी प्रस्ताव पेस गर्नुपर्नेछ।

सिलबन्दी प्रस्ताव अन्तिम दिन खोल्ने बोर्डले जनाएको छ। बैंकहरुमा लगानीयोग्य रकम फालाफाल भएकाले लागत बढ्ने देखिएपछि ठूलो आकारको निक्षेप लिन अस्वीकार गरिरहेका छन्।