प्रहरीका ८ एआइजीको सरुवा, सीआइबीमा उमाशंकर चतुर्वेदी, काठमाडौं उपत्यकामा राठौर



बिजमाण्डू
२०८३ असार १८ गते १७:०६ | Jul 2, 2026
प्रहरीका ८ एआइजीको सरुवा, सीआइबीमा उमाशंकर चतुर्वेदी, काठमाडौं उपत्यकामा राठौर
सुशिल सिंह राठौर र उमाशंकर चुतर्वेदी

काठमाडौं। सरकारले नेपाल प्रहरीका सबै अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)को सरुवा गरेको छ।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री कार्यालयमा बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले आठ जना नै एआइजीको सरुवा गर्ने निर्णय गरेको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालयमा ईश्वर कार्कीको ठाउँमा प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका सुशिल सिंह राठौरलाई ल्याइएको छ। कार्कीलाई प्रधान कार्यालयको मानवश्रोत विकास विभागमा सरुवा गरिएको छ।

सीआइबीका मनोज केसीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरी सीआइबी प्रमुखको जिम्मेवारी उमाशंकर चुतर्वेदीलाई दिइएको छ। उमाशंकर यसअघि कार्य विभागमा थिए।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका सिद्धिविक्रम शाहलाई प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरी उनको ठाउँमा राजन अधिकारीलाई लगिएको छ। राजन यसअघि मानवश्रोत विकास विभागमा थिए।

यस्तै हिमालय श्रेष्ठलाई प्रधान कार्यालयको प्रशासन विभागबाट प्रदेश समन्वय विभागमा र डम्बर विकलाई प्रदेश समन्वय विभागबाट प्रशासन विभागमा सरुवा गरिएको छ।