सेयर बजार ८.७८ अंक बढेर २६६१.७१ विन्दुमा, कारोबार बढ्दै ४ अर्ब ११ करोडको



बिजमाण्डू
२०८३ असार १८ गते १५:२२ | Jul 2, 2026
सेयर बजार ८.७८ अंक बढेर २६६१.७१ विन्दुमा, कारोबार बढ्दै ४ अर्ब ११ करोडको

काठमाडौं। कारोबार खुलेदेखि उतारचढाव देखिएको सेयर बजार अन्तिममा ८.७८ अंक बढेर बन्द भएको छ। नेप्से परिसूचक बिहीबार लगातार दोस्रो दिन बढेको हो।

Tata
GBIME
Nepal Life

सूचक २६६१.७१ अंकमा पुगेको छ। कारोबारमा आएका बैंकिङ, फाइनान्स,लाइफ इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड बाहेकका उपसमूहले बजार बढाएका हुन्। बैंकिङको सूचक सबैभन्दा धेरै २.०४ प्रतिशतले बढेको छ।

बजारमा १०८ कम्पनीको सेयर मूल्य बढेको छ। ४ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ। अपर लोहोरे खोला हाइड्रोपावर, कालंगा हाइड्रो, स्नो रिभर लिमिटेड र सानिगाड हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।

बजारमा १५२ कम्पनीको सेयर मूल्य घटेको छ। एनआइसी एसिया बैंकको ऋणपत्र सबैभन्दा धेरै १०.६० प्रतिशतले घटेको छ। बजारमा सूचकसँगै कारोबार रकम बढेको छ। बिहीबार ४ अर्ब ११ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

लक्ष्मी सनराइज बैंकको सबैभन्दा धेरै ४१ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, एनआइसी एसियाको डिबेञ्चर ४० करोड ७७ लाख र रिलायन्स स्पिनिङ मिल्सको २५ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।