रोयल इनफिल्डका राइडरहरूले नेपालगञ्जमा धान रोपेर कृषि परम्पराको गरे प्रवर्धन



बिजमाण्डू
२०८३ असार १४ गते १५:२७ | Jun 28, 2026
रोयल इनफिल्डका राइडरहरूले नेपालगञ्जमा धान रोपेर कृषि परम्पराको गरे प्रवर्धन

नेपालगञ्ज। राष्ट्रिय धान दिवसको पूर्वसन्ध्यामा नेपालगञ्जमा ‘रोपाइँ महा राइड नेपालगञ्ज २०८३’ आयोजना गरिएको छ। रोयल इनफिल्डका राइडर, स्थानीय समुदाय र कृषि संस्कृतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले कार्यक्रम गरिएको हो।

Tata
GBIME
Nepal Life

नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभअन्तर्गत नेपालगञ्जस्थित आधिकारिक डिलर वेस्टएन्डले कार्यक्रम आयोजना गरेको थियो।

रोयल इनफिल्डको नेपालगञ्ज शोरुमबाट सुरु भएको राइड गाभर भ्यालीसम्म पुगेको थियो। कार्यक्रममा करिब २०० जना राइडर सहभागी भएका थिए।

आयोजकका अनुसार राइडसँगै नेपालको कृषि परम्परा र ग्रामीण जीवनशैलीलाई प्रवर्धन गर्ने उद्देश्य राखिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले कृषि संस्कृतिको संरक्षण र प्रवर्धनमा यस्ता कार्यक्रम उपयोगी हुने बताए। उनले नयाँ पुस्तालाई परम्परागत कृषि संस्कृतिसँग जोड्नुका साथै पर्यटन र स्थानीय समुदायलाई प्रवर्धन गर्न पनि यस्ता गतिविधिले सहयोग पुग्ने धारणा व्यक्त गरे।

राइडपछि सहभागीहरूले परम्परागत रुपमा धान रोपाइँ गरेका थिए। त्यससँगै अक्स फिल्डिङ, मड टग अफ वार, म्युजिकल चेयर लगायत मनोरञ्जनात्मक प्रतियोगिता पनि आयोजना गरिएको थियो।

कार्यक्रममा थारु समुदायको सांस्कृतिक प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो। सहभागीहरूले गाभर भ्यालीका स्थानीय अर्गानिक परिकारको स्वाद पनि लिएका थिए।

कार्यक्रमको नेतृत्व रोड क्याप्टेन तथा अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले गरेका थिए। उनको नेतृत्वमा सम्पूर्ण राइड सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।