कुमारी बैंकले सर्लाहीको चापनी क्षेत्रमा रोप्यो ५०० वटा फलफूलका बिरुवा



बिजमाण्डू
२०८३ असार १४ गते १२:३३ | Jun 28, 2026
कुमारी बैंकले सर्लाहीको चापनी क्षेत्रमा रोप्यो ५०० वटा फलफूलका बिरुवा

सर्लाही। वातावरण संरक्षण र दिगो विकासलाई प्रवर्धन गर्ने उद्देश्यले कुमारी बैंक र लुम्बिनी वर्ल्ड पिस फोरमको संयुक्त पहलमा सर्लाहीको हरिवन नगरपालिका-८ स्थित चापनी क्षेत्रमा वृक्षारोपण गरिएको छ।

Tata
GBIME
Nepal Life

कुमारीले २५० वटा आँप र २५० वटा कटहरका गरी कुल ५०० वटा फलफूलका बिरुवा रोपिएको जनाएको छ। स्थानीय माटो र वातावरण सुहाउँदा बिरुवालाई प्राथमिकता दिइएको हो।

यो कार्यक्रम लुम्बिनी वर्ल्ड पिस फोरमद्वारा संचालित ‘१० लाख वृक्षारोपण तथा संरक्षण अभियान’ अन्तर्गत आयोजना गरिएको हो। विश्व वातावरण दिवसका अवसरमा गत जुन ५ मा इलामबाट सुरु भएको अभियानमा कुमारी बैंकले सहकार्य गर्दै आएको छ।

यसअघि, इलाम, बर्दिया र लमजुङमा पनि वृक्षारोपण सम्पन्न भइसकेको छ। सर्लाहीसहित ४ जिल्लामा हालसम्म कुल १ हजार ८ सय बिरुवा रोपिएको जनाइएको छ।

कार्यक्रममा नगर प्रमुख रमेश बुढाथोकी, वडा नम्बर ८ का अध्यक्ष प्रज्वल ढुङ्गाना तथा लुम्बिनी वर्ल्ड पिस फोरमका संस्थापक एवं ‘१० लाख वृक्षारोपण तथा संरक्षण अभियान’का संयोजक बासु गौतम लगायत उपस्थित थिए।

अभियानअन्तर्गत रोपिएका बिरुवाको संरक्षण र रेखदेख स्थानीय समुदायको सहकार्यमा गरिने जनाइएको छ। यसले वातावरणीय सन्तुलन कायम गर्नका साथै भविष्यमा स्थानीय बासिन्दाको खाद्य तथा आर्थिक सुरक्षामा पनि योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।