सेयर बजार ५ दिनमा ५३ अंकले घट्यो, सूचक २६४९.५१ विन्दुमा, तीन कम्पनीमा पोजेटिभ सर्किट

बिजमाण्डू
२०८३ असार १२ गते १५:२३ | Jun 26, 2026
सेयर बजार ५ दिनमा ५३ अंकले घट्यो, सूचक २६४९.५१ विन्दुमा, तीन कम्पनीमा पोजेटिभ सर्किट


काटमाडौं। सेयर बजार परिसूचक लगातार पाँचौं दिन घटेको छ। नेप्से परिसूचक शुक्रबार २ अंकले घटेर २६४९.५१ विन्दु कायम भएको छ।

Vigo
GBIME
Tata

होटल तथा पर्यटन, हाइड्रोपावर, म्युचुअल फण्ड, निर्जीवन बीमा र ट्रेडिङ बाहेकका उपसमूहले बजार घटाएका हुन्।

ट्रेडिङको सूचक सबैभन्दा धेरै १.०८ प्रतिशतले बढेको छ। बजारमा १७० कम्पनीको सेयर मूल्य घटेको छ। कालिका लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १०.७६ प्रतिशतले घटेको छ।

नेप्से परिसूचक गत शुक्रबार २७०२ अंकमा रहेकामा पछिल्लो ५ दिन ५३ अंकले घटेको छ। सूचक लगातार ओरालो लागेर ४ महिनाअघिको विन्दुमा आइपुगेको छ।

नेप्से परिसूचक बिहीबार ८.५० अंकले घट्दा २ अर्ब ८३ करोड रुपैयाँको सेयर कारोबार भएकामा शुक्रबार ३ अर्ब ९४ करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

ग्लोबल आइएमई बैंकका दुई वटा ऋणपत्रको सर्वाधिक कारोबार भएको छ। ग्लोबल आइएमई डिबेञ्चर २०८६/८७ को ३३ करोड १६ लाख र ग्लोबल आइएमई डिबेञ्चर २०८४/८५ को २८ करोड ५७ लाख रुपैयाँ बराबरको किनबेच भएको छ।

यस्तै, नेपाल बैंकको डिबेञ्चर २२ करोड ३४ लाखको कारोबार भएको छ। बजारमा ८५ कम्पनीको मूल्य बढेको छ। तीन कम्पनीमा पोजेटिभ सर्किट लागेको छ। स्नो रिभर, टक्सार पिर्खुवा खोला र याम्बलिङ हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।