जीडब्लूएमको प्रिमियम विद्युतीय एसयूभी ‘ओरा ५’ नेपालमा सार्वजनिक, मूल्य कति?

बिजमाण्डू
२०८३ असार ८ गते १९:४० | Jun 22, 2026
जीडब्लूएमको प्रिमियम विद्युतीय एसयूभी ‘ओरा ५’ नेपालमा सार्वजनिक, मूल्य कति?


काठमाडौं। विश्वव्यापी अटोमोबाइल ब्रान्ड जीडब्लूएम (ग्रेट वाल मोटर)को प्रिमियम विद्युतीय एसयूभी ओरा५ नेपाली बजारमा सार्वजनिक गरिएको छ।

Vigo
GBIME
Tata

जीडब्लूएमको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले सोमबार काठमाडौंमा एक समारोहबीच ओरा५ सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार ओरा ५ अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय मोडलमध्ये एक हो। यो गाडीमा आधुनिक प्रविधि, आकर्षक डिजाइन, उच्च सुरक्षा मापदण्ड तथा प्रिमियम सुविधा समावेश गरिएको छ। कम्पनीले नेपाली बजारमा ओरा ५ ले नयाँ आयाम थप्ने विश्वास लिएको छ।

कम्पनीले सार्वजनिक गरेको विशेष प्रारम्भिक मूल्यअनुसार मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

कम्पनीका अनुसार ओरा ५ ले एकपटकको फुल चार्जमा अधिकतम ५२० किलोमिटरसम्म रेन्ज दिन्छ। गाडीमा २०० एमएम ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक सनरुफ, प्रिमियम सिट, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, १८० डिग्री च्यासिस भ्यु क्यामेरा तथा सेल्फ-हिल फास्ट टेक्नोलोजीलगायत सुविधा छन्।

सुरक्षाको दृष्टिले पनि ओरा ५ अब्बल रहेको कम्पनीको दाबी छ। यसले एएनक्याप र युरो एनक्यापमा पाँचतारे सुरक्षा मूल्यांकन प्राप्त गरेको छ।

गाडीमा उन्नत चालक सहायता प्रणाली, लेन किप असिस्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, स्मार्ट पार्किङ तथा विभिन्न ट्राफिक साइन पहिचान प्रणाली जस्ता आधुनिक सुरक्षा प्रविधि जडान गरिएको छ।

जीडब्लूएम विश्वका १७० भन्दा बढी देशमा पुगिसकेको छ। कम्पनीले विश्वभर ८ करोडभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको जनाएको छ।