रविविरुद्ध रुपन्देही जिल्ला अदालतले पनि फिर्ता लियो संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा



बिजमाण्डू
२०८३ असार १ गते १७:२४ | Jun 15, 2026
रविविरुद्ध रुपन्देही जिल्ला अदालतले पनि फिर्ता लियो संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतले पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिएको छ।

Tata
GBIME
Nepal Life

न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिन सोमबार आदेश दिएको हो। रविविरुद्ध सहकारी ठगीको मुद्दा भने अदालतमा कायमै छ।

बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा रविविरुद्ध २०८१ माघ ६ गते सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको थियो।

यसअघि जेठ ८ गते जिल्ला अदालत कास्कीले रविविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको थियो।