इन्ज्युरी समयमा पुगेर स्वीजरल्याण्डसँग हार टारेको कतारलाई विश्वकपको दोस्रो सहभागितामा पहिलो अंक



बिजमाण्डू
२०८३ जेठ ३१ गते ०४:५१ | Jun 14, 2026
इन्ज्युरी समयमा पुगेर स्वीजरल्याण्डसँग हार टारेको कतारलाई विश्वकपको दोस्रो सहभागितामा पहिलो अंक
स्वीजरल्याण्डलाई गोल फर्काएपछि कतारको सेलिब्रेसन। Photo: Qatar Football Association/Facebook

काठमाडौं। एसियाली राष्ट्र कतारले फिफा विश्वकप २०२६ मा आफ्नो इतिहासकै पहिलो अंक जोडेको छ। समूह ‘बी’ अन्तर्गत शनिबार राति भएको खेलमा कतारले स्विट्जरल्यान्डसँग १–१ को रोमाञ्चक बराबरी खेलेको हो।

Tata
GBIME
Nepal Life

क्यालिफोर्नियाको सान्टा क्लारास्थित स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डले सुरुआती समयदेखि नै खेलमा दबाब बनाएको थियो। खेलको १७औँ मिनेटमा स्ट्राइकर ब्रिल एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए।

कतारका गोलरक्षक महमुद अबुनाडाले रेमो फ्रुलरलाई पेनाल्टी क्षेत्रमा लडाएपछि स्विट्जरल्यान्डले पेनाल्टी पाएको थियो। एम्बोलोले त्यसलाई सहजै गोलमा परिणत गर्दै टोलीलाई १–० को अग्रता दिलाए।

त्यसपछि स्विट्जरल्यान्डले लगातार आक्रमण गरे पनि दोस्रो गोल गर्न सकेन। डान एनडोये, रुबिन भार्गास र एम्बोलोले पाएका केही उत्कृष्ट अवसर कतारका गोलरक्षक अबुनाडाले बचाएका थिए भने केही प्रहार लक्ष्यभन्दा बाहिरिएका थिए।

पहिलो हाफमा स्विट्जरल्यान्डले ८३ प्रतिशतसम्म बल नियन्त्रणमा राखेको थियो। यद्यपि गोलको अन्तर बढाउन नसक्दा टोलीले त्यसको मूल्य चुकाउनुपर्‍यो।

खेल सकिनै लाग्दा कतारले शानदार पुनरागमन गर्‍यो। दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा कप्तान बुआलेम खौखीले बराबरी गोल गरे। अक्रम अफिफको पहलमा बायाँ विङबाट आएको क्रसमा खौखीले स्विस डिफेन्डरलाई उछिन्दै शक्तिशाली हेडमार्फत बल जाली चुमाएका थिए।

त्यसपछि थप गोल हुन नसक्दा खेल १–१ को बराबरीमा सकियो।

खेलभर स्विट्जरल्यान्डले २२ वटा प्रहार गरेको थियो भने कतारले निकै कम अवसर सिर्जना गरेको थियो। तर, गोलरक्षक अबुनाडाको उत्कृष्ट प्रदर्शन र अन्तिम समयको गोलले कतारलाई ऐतिहासिक अंक दिलायो। यसअघि सन् २०२२ मा पहिलो पटक विश्वकप खेलेको कतारले

यो बराबरीसँगै समूह ‘बी’ का चारै टोलीले समान एक–एक अंक जोडेका छन्। अब स्विट्जरल्यान्डले आफ्नो दोस्रो खेलमा बोस्निया–हर्जगोभिनाको सामना गर्नेछ भने कतारले सह–आयोजक क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।