काठमाडौं । बजेटमा कर प्रणाली परिवर्तन भएपछि चांगन डिपल एस०५ को मूल्य ३ लाखसम्मले बढेको छ।
चांगन डिपलको नेपालका लागि आधिकारिक बिक्रेता मोरङ अटो वर्क्स(एमएडब्लु) वृद्धि अटोकर्पले बिहिबार एमआरपी मूल्य सार्वजनिक गर्दै डिपल एस०५ को मूल्य बढाएको हो।
कम्पनीले दुईवटा भेरियन्टको गाडीको मूल्य ३ लाख रुपैयाँले बढाएको हो। सरकारले पुरानो मोटरको पिक पावर किलोवाटको आधारमा लगाउँदै आएको कर प्रणालीलाई मूल्यका आधारमा कर लगाउने नयाँ व्यवस्था लागू भएको छ।
कम्पनीले सार्वजनिक गरेको एमआरपी मूल्य अनुसार चांगन डिपल एस०५ प्लस भेरियन्टको मूल्य ५७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यसको मूल्य बजेट अगाडि ५३ लाख ९९ हजार रुपैयाँ थियो।
यसैगरी अर्को चांगन डिपल म्याक्स भेरियन्टको मूल्य पनि ६२ लाख ९९ हजार रुपैयाँ पुर्याइएको छ। यसको मूल्य बजेट अगाडि ५९ लाख ९९ हजार रुपैयाँ थियो।











