काठमाडौं। यूएईले ५ बलमै लक्ष्य भेट्टाउँदै प्रभावशाली जित निकालेको छ। एसीसी महिला प्रिमियर कप अन्तर्गतको खेलमा साउदी अरेबियाले दिएको लक्ष्य ५ बलमै भेट्टाउँदै यूएईले १० विकेटको प्रभावशाली जित निकालेको हो।
मलेसियास्थित यूएसडी ओभलमा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको साउदीले १५.३ ओभरमा अलआउट हुँदै २७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको यूएईले ५ बलमै विनाविकेटको क्षति ३ चौका र १ छक्काको सहायतामा पुर्याएको हो।
यही प्रतियोगितामा आजै नेपालले कतारलाई हराउँदै सुखद सुरुवात गरेको छ। कतारले दिएको ७६ रनको लक्ष्य नेपालले १०.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो।
१६ टोली सम्मिलित यो प्रतियोगितामा नेपाल समूह ‘डी’मा छ।










