BIZMANDU
www.bizmandu.com

यूएईले ५ बलमै हरायो साउदीलाई, आजै कतारविरुद्ध नेपाल ८ विकेटले विजयी

२०८३ जेठ २०

यूएईले ५ बलमै हरायो साउदीलाई, आजै कतारविरुद्ध नेपाल ८ विकेटले विजयी
तस्बिर : एसीसी


काठमाडौं। यूएईले ५ बलमै लक्ष्य भेट्टाउँदै प्रभावशाली जित निकालेको छ। एसीसी महिला प्रिमियर कप अन्तर्गतको खेलमा साउदी अरेबियाले दिएको लक्ष्य ५ बलमै भेट्टाउँदै यूएईले १० विकेटको प्रभावशाली जित निकालेको हो।

Tata
GBIME

मलेसियास्थित यूएसडी ओभलमा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको साउदीले १५.३ ओभरमा अलआउट हुँदै २७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको यूएईले ५ बलमै विनाविकेटको क्षति ३ चौका र १ छक्काको सहायतामा पुर्‍याएको हो।

यही प्रतियोगितामा आजै नेपालले कतारलाई हराउँदै सुखद सुरुवात गरेको छ। कतारले दिएको ७६ रनको लक्ष्य नेपालले १०.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो।

१६ टोली सम्मिलित यो प्रतियोगितामा नेपाल समूह ‘डी’मा छ।