वृद्धभत्ता पाउने उमेरबारे कुनै छलफल र निर्णय नभएको अर्थ मन्त्रालयको प्रस्टोक्ति



बिजमाण्डू
२०८२ चैत्र २० गते २२:१५ | Apr 3, 2026
वृद्धभत्ता पाउने उमेरबारे कुनै छलफल र निर्णय नभएको अर्थ मन्त्रालयको प्रस्टोक्ति


काठमाडौं। अर्थ मन्त्रालयले वृद्धभत्ता पाउने उमेरबारे कुनै पनि निर्णय नभएको बताएको छ।

Tata
GBIME

वृद्धभत्ता पाउने उमेर ७० बाट ७५ पुर्‍याउने तयारी भनी प्रकाशित सूचनामा कुनै सत्यता नभएको पनि मन्त्रालयले जनाएको छ।

मन्त्रालयले यसबारे कुनै पनि छलफल समेत नभएको जनाएको छ। मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘वृद्धभत्ता पाउने उमेरबारे भएका टीकाटिप्पणीहरूमा कुनै सत्यता छैन। यस सन्दर्भमा मन्त्रालय र माननीय मन्त्रीज्यूले कुनै छलफल समेत नगरेको स्पष्ट पार्न चाहन्छौं।’