काठमाडौं। अर्थ मन्त्रालयले वृद्धभत्ता पाउने उमेरबारे कुनै पनि निर्णय नभएको बताएको छ।
वृद्धभत्ता पाउने उमेर ७० बाट ७५ पुर्याउने तयारी भनी प्रकाशित सूचनामा कुनै सत्यता नभएको पनि मन्त्रालयले जनाएको छ।
मन्त्रालयले यसबारे कुनै पनि छलफल समेत नभएको जनाएको छ। मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘वृद्धभत्ता पाउने उमेरबारे भएका टीकाटिप्पणीहरूमा कुनै सत्यता छैन। यस सन्दर्भमा मन्त्रालय र माननीय मन्त्रीज्यूले कुनै छलफल समेत नगरेको स्पष्ट पार्न चाहन्छौं।’