त्रिवेणी डिस्टिलरीका सञ्चालकको सम्पत्ति लिलामीमा चढ्यो, कर छलीपछि अप्ठेरोमा कम्पनी

बिजमाण्डू
२०७७ फागुन २५ गते ०९:२१ | Mar 9, 2021
त्रिवेणी डिस्टिलरीका सञ्चालकको सम्पत्ति लिलामीमा चढ्यो, कर छलीपछि अप्ठेरोमा कम्पनी



काठमाडौं। बुटवलको एक मदिरा उद्योगको सबै सम्पत्ति लिलाम हुने भएको छ। राष्ट्रिय वाणिज्य बैंकको ऋण नतिरेपछि ऋण असुली न्यायाधिकरणले त्रिवेणी डिस्टिलरीको सबै सम्पत्ति लिलामको प्रक्रिया अगाडि बढाएको हो।

Vigo
GBIME
Tata

त्रिवेणीका प्रोपाइटर सोभितकुमार श्रेष्ठको बुटवलस्थित घरजग्गा लिलामी चढाइएको हो। चार करोड २६ लाख १५ हजार ७६९ रुपैयाँमा लिलामीमा चढाइएको हो।

सुरुवाती चरणमा खुलेका मदिरा उद्योगमध्येको त्रिवेणी डिस्टिलरी हो। बैंकले ऋण नउठेपछि २०६४ सालमै न्यायाधिकरणमा मुद्दा हालेको थियो। मुद्दा हारेपछि ऋण असुली प्रक्रिया सुरु गरिएको हो।

त्रिवेणी डिस्टिलरीले कर छलेको आरोप लागेको थियो। करको विषयका कारण राजस्व अनुसन्धान विभागले सम्पत्ति रोक्का गरेको थियो। त्यसपछि कम्पनी थप समस्यामा गएको थियो। कम्पनीले मुद्दा हारेको थियो। 

यता नेपाल बैंकको पनि डुबेको ऋण उठाउने प्रक्रिया सुरु भएको छ। ऋण असुली न्यायाधिकरणले एक करोड २२ लाख ९२ हजार ५ सय रुपैयाँको सम्पत्ति लिलाम गरेर ऋण उठाउने प्रक्रिया थालेको छ।

डिके इन्टरप्राइजेजका नाममा काभ्रेका केशव खतिवडाले बैंकबाट लिएको ऋण नतिरेपछि न्यायाधिकरणमा मुद्दा परेको थियो। त्यो मुद्दा बैंकको पक्षमा गएपछि ऋण असुली प्रक्रिया सुरु भएको हो।