भृकुटीमण्डपमा नेपाल फर्मा एक्स्पो २०२६ सुरु, औषधि र स्वास्थ्यजन्य उत्पादन प्रदर्शनीमा



सुशील श्रेष्ठ
२०८२ फागुन २८ गते १३:१० | Mar 12, 2026
भृकुटीमण्डपमा नेपाल फर्मा एक्स्पो २०२६ सुरु, औषधि र स्वास्थ्यजन्य उत्पादन प्रदर्शनीमा


काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा १० औं नेपाल फर्मा एक्स्पो २०२६ सुरु भएको छ। तीनदिने मेलामा औषधि उत्पादक, वितरक र स्वास्थ्य क्षेत्र सम्बद्ध प्रदर्शनीका स्टल छन्।

Tata
GBIME

फागुन २८ गतेबाट सुरु भएको एक्सपो फागुन ३० गतेसम्म संचालन हुनेछ।

‘फर्मामा नवीनता : भोलिको लागि स्वास्थ्य’ नारासहित संचालनमा रहेको एक्स्पोमा औषधि र स्वास्थ्यजन्य सामाग्री उत्पादन गर्ने कम्पनीहरुको सामान राखिएको छ। नेपालमा पछिल्ला वर्ष स्वास्थ्य क्षेत्रसम्बद्ध उत्पादन बढेका छन्।