काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा १० औं नेपाल फर्मा एक्स्पो २०२६ सुरु भएको छ। तीनदिने मेलामा औषधि उत्पादक, वितरक र स्वास्थ्य क्षेत्र सम्बद्ध प्रदर्शनीका स्टल छन्।
फागुन २८ गतेबाट सुरु भएको एक्सपो फागुन ३० गतेसम्म संचालन हुनेछ।
‘फर्मामा नवीनता : भोलिको लागि स्वास्थ्य’ नारासहित संचालनमा रहेको एक्स्पोमा औषधि र स्वास्थ्यजन्य सामाग्री उत्पादन गर्ने कम्पनीहरुको सामान राखिएको छ। नेपालमा पछिल्ला वर्ष स्वास्थ्य क्षेत्रसम्बद्ध उत्पादन बढेका छन्।









