अमेरिकी डलर घट्यो, युरो र पाउण्ड बढ्यो, यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

बिजमाण्डू
२०८२ असार ७ गते ०६:४४ | Jun 21, 2025
अमेरिकी डलर घट्यो, युरो र पाउण्ड बढ्यो, यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं। अमेरिकी डलर घट्दा युरोपियन युरो  र पाउण्ड स्टर्लिङ बलियो भएका छन्। इरान-इजरायल द्वन्द्व उत्कर्षमा पुग्दा विश्व बजारको व्यापारसँगै विदेशी मुद्राको विनिमय दरमा प्रभाव परेको देखिएको छ।

Tata
GBIME

शुक्रबारका तुलनामा अष्ट्रेलियन डलर र सिंगापुर डलर बढेका छन्। स्वीस फ्रयांक, क्यानेडियन डलर, जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, यूएई दिराम घटेका छन्। थाइ भाट स्थिर छ भने कोरियन वोन बढेको छ। ओमानी रियाल, बहरेन दिनार, कुवेती दिनार, हङकङ डलर र स्वीडिश क्रोनर घटेका छन्। डेनिश क्रोनर बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार शनिबार १ अमेरिकी डलरको खरिद दर १३८ रुपैयाँ २४ पैसा र बिक्री दर १३८ रुपैयाँ ८४ पैसा भएको छ। शुक्रबार खरिद दर १३८ रुपैयाँ ४६ पैसा र बिक्री दर १३९ रुपैयाँ ६ पैसा थियो।

यस्तै युरोपियन युरोको खरिद दर १५९ रुपैयाँ २० पैसा र बिक्री दर १५९ रुपैयाँ ८९ पैसा छ। शुक्रबार खरिद दर १५९ रुपैयाँ र बिक्री दर १५९ रुपैयाँ ६९ पैसा थियो।

पाउण्ड स्टर्लिङको खरिद दर १८६ रुपैयाँ ५१ पैसा र बिक्री दर १८७ रुपैयाँ ३२ पैसा भएको छ। शुक्रबार खरिद दर १८६ रुपैयाँ ४ पैसा र बिक्री दर १८६ रुपैयाँ ८५ पैसा थियो।

स्वीस फ्रयांक घटेर खरिद दर १६९ रुपैयाँ ७ पैसा र बिक्री दर १६९ रुपैयाँ ८० पैसा भएको छ। शुक्रबार खरिद दर १६९ रुपैयाँ ३५ पैसा र बिक्री दर १७० रुपैयाँ ८ पैसा थियो।

आजको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर१३८.२४१३८.८४
युरोपियन युरो१५९.२०१५९.८९
पाउण्ड स्टर्लिङ१८६.५११८७.३२
स्वीस फ्रयांक१६९.०७१६९.८०
अष्ट्रेलियन डलर८९.६४९०.०३
क्यानेडियन डलर१००.८६१०१.३०
सिंगापुर डलर१०७.५८१०८.०५
जापानी येन१०९.५०९.५४
चिनियाँ युआन१९.२५१९.३४
साउदी रियाल३६.८४३७.००
कतारी रियाल३७.९२३८.०९
थाइ भाट४.२२४.२४
यूएई दिराम३७.६४३७.८१
मलेसियन रिंगेट३२.५१३२.६५
कोरियन वोन१००१०.१०१०.१५
स्वीडिश क्रोनर१४.३२१४.३८
डेनिश क्रोनर२१.३४२१.४३
हङकङ डलर१७.६११७.६९
कुवेती दिनार४५१.४०४५३.३६
बहरेन दिनार३६६.५४३६८.१३
ओमानी रियाल३५९.०४३६०.६०
स्रोत : नेपाल राष्ट्र बैंक