
गाजामा नरसंहार मच्चाइरहेको इजरायलले आजबाट इरानमा पनि आक्रमण गरेको छ। इजरायलका प्रधानमन्त्री बेनजामिन नेतान्याहूले आक्रमण सुरु भएको घोषणा गरेका हुन्।
इजरायलले इरानको राजधानी तेहरानसम्म आक्रमण गरेको छ। ‘अपरेसन राइजिङ लायन’ नाम दिइएको यो आक्रमणका क्रममा इरानको आणविक कार्यक्रमसम्म लक्षित भएको जनाइएको छ।
इरायलले इरानी रिभोलुस्नरी गार्डको मुख्यालयमा पनि आक्रमण गरेको छ। अमेरिकाले भने यो आक्रमणमा आफूहरुको हात नभएको भनेको छ।
यता इरानले भने आफूहरुले युद्ध सुरु नगरेको भन्दै जवाफी आक्रमण गर्ने बताइसकेको छ।