साताको अन्तिम दिन सुनको मूल्य स्थिर, चाँदी तोलामा ७५ रुपैयाँले बढ्यो

बिजमाण्डू
२०८२ जेठ २३ गते ११:३७ | Jun 6, 2025
साताको अन्तिम दिन सुनको मूल्य स्थिर, चाँदी तोलामा ७५ रुपैयाँले बढ्यो


काठमाडौं। यो साता लगातार बढेको सुनको भाउ शुक्रबार स्थिर रहेको छ। बिहीबार तोलामा ५ सय रुपैयाँ बढेर प्रति तोला १ लाख ९३ हजार ७ सय रुपैयाँ पुगेको थियो।

Tata
GBIME

बुधबार सुनको मूल्य प्रति तोला १ लाख ९३ हजार २ सय रुपैयाँ थियो। मंगलबार २ हजार ९०० रुपैयाँले बढेर प्रति तोला १ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको कारोबार मूल्य प्रति तोला २ हजार १ सय ५० रुपैयाँ निर्धारण भएको छ।

बिहीबार चाँदी प्रति तोला २ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो। बुधबार तोलामा ३० रुपैयाँ बढेर प्रति तोला २ हजार ७५ रुपैयाँ भएको थियो।

मंगलबार चाँदी तोलामा ५५ रुपैयाँ बढेर प्रति तोला २ हजार ४५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ३३६९.५९ डलर छ। चाँदी प्रति औंस ३६.०९ डलर छ।