सुन प्रति तोला ५ सय रुपैयाँ बढ्यो, चाँदी स्थिर, आज कति छ कारोबार मूल्य?

बिजमाण्डू
२०८२ जेठ २२ गते १०:५१ | Jun 5, 2025
सुन प्रति तोला ५ सय रुपैयाँ बढ्यो, चाँदी स्थिर, आज कति छ कारोबार मूल्य?


काठमाडौं। सुनको मूल्य बिहीबार पनि बढेको छ। अघिल्लो दिनको तुलनामा तोलामा ५ सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ९३ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME

यसअघि ५ सय रुपैयाँ वृद्धि हुँदा बुधबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ९३ हजार २ सय रुपैयाँ भएको थियो।

चाँदीको मूल्य बिहीबार स्थिर छ। बुधबार तोलामा ३० रुपैयाँ बढेर प्रति तोला २ हजार ७५ रुपैयाँ भएको थियो। बजारमा अहिले सुनसँगै चाँदी पनि उच्च मूल्यमा पुगेको अवस्था हो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार प्रति औंस ३३५१.७६ रहेको सुनको भाउ बिहीबार बढेर ३३६७.४२ डलर पुगेको छ। चाँदीमा झिनो वृद्धि छ। चाँदी प्रति औंस ३४.४५ डलरले कारोबार भइरहेको छ। बुधबार ३४.४२ डलर थियो।