सुनचाँदीको मूल्यमा बढोत्तरी, सुन तोलामा २९ सय बढ्दा चाँदी ५५ रुपैयाँले महँगियो

बिजमाण्डू
२०८२ जेठ २० गते ११:०५ | Jun 3, 2025
सुनचाँदीको मूल्यमा बढोत्तरी, सुन तोलामा २९ सय बढ्दा चाँदी ५५ रुपैयाँले महँगियो


काठमाडौं। सुन मूल्य लगातार उच्च भएको छ, सँगै चाँदी पनि बढेको छ। सुनको कारोबार मूल्य मंगलबार प्रति तोला १ लाख ९२ हजार ७ सय रुपैयाँ पुगेको छ।

Tata
GBIME

अघिल्लो दिनको भन्दा सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार पनि तोलामा एक हजार रुपैयाँ बढ्दा कारोबार मूल्य प्रति तोला १ लाख ८९ हजार ८ सय रुपैयाँ भएको थियो।

आइतबार सुन तोलाको १ लाख ८८ हजार ८ सय रुपैयाँ थियो भने शुक्रबार १ लाख ८८ हजार ५ सय रुपैयाँ थियो।

चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेको छ। मंगलबार कारोबार मूल्य प्रति तोला २ हजार ४५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रति तोला १ हजार ९ सय ८५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस ३३६३.१३ डलर भएको छ। सोमबार प्रति औंस ३३१६.१२ डलरले किनबेच भएको थियो। चाँदी पनि बढेको छ। प्रति औंस ३३.१५ डलरबाट बढेर ३४.२ डलर पुगेको हो।