
काठमाडौं। सुनको पुनः मूल्य क्रमिक घट्न थालेको छ। बिहीबार सुन तोलामा १ हजार ५ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ८७ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।
यसअघि तोलामा १ हजार ६ सय रुपैयाँले घटेर बुधबार प्रति तोला १ लाख ८९ हजार ३ सय रुपैयाँ भएको थियो।
चाँदीको मूल्य बिहीबार तोलामा १० रुपैयाँ घट्दै प्रति तोला १ हजार ९ सय ९५ रुपैयाँ भएको छ। बुधबार १० रुपैयाँले बढेर प्रति तोला २ हजार ५ रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रति औंस ३२७०.७५ डलरले कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस ३३.२१ डलर छ।बुधबार सुन प्रति औंस ३३०७.८ डलर र चाँदी ३३.३ डलर थियो।