नेपाली फ्रेन्चाइज खेलकुदमा निजीदेखि विदेशी लगानीकर्ताको नजर: फाइदा दीर्घकालीन, चुनौती नीतिगत अड्चनको

बिजमाण्डू
२०८२ जेठ १३ गते ०६:२२ | May 27, 2025
नेपाली फ्रेन्चाइज खेलकुदमा निजीदेखि विदेशी लगानीकर्ताको नजर: फाइदा दीर्घकालीन, चुनौती नीतिगत अड्चनको


नेपाल प्रिमियर लिग (एनपीएल)ले पहिलो संस्करणमै जुन उचाइ लिन सफल भयो त्यसमा निजी क्षेत्रको ठूलो सहयोग क्रिकेट संघलाई छ। एनपीएलले सम्भावनाहरु नेपाली खेलकुदमा छ भनेर खोलिदिएको छ। हामीले उत्कृष्ट खेलहरु, उत्कृष्ट प्रोडक्सन, ब्रोडकास्ट गर्दा राम्रा खेलाडीहरु विदेशबाट आउदाचाहिँ फ्यानहरुले र निजी क्षेत्रले पत्याउदो रहेछ भन्ने कुरा देखियो।

Tata
GBIME

फ्रेन्चाइज संचालन गर्दा पक्कै पनि धेरै वटा चुनौती छन्। हाम्रो मार्केट साइज अलि सानो छ। त्यही भएर अब निजी क्षेत्र स्पोन्सर्स त्यसको दायरा बढ्नु आवश्यक छ। यसका लागि सरकारले निजी क्षेत्रले लगानी गरेर ल्याउनका लागि अझै सहज बनाइदिनुपर्छ। सिधा भन्दा पत्याइदिनु पर्‍यो के निजी क्षेत्रलाई पनि। राज्यको नीतिहरु यसमा अलि खुकुलो हुनुपर्छ। निजी क्षेत्रलाई काम गर्नको लागि सहज वातावरण बनाइदिनु पर्छ।

राष्ट्र बैंकबाट एक त पैसा पठाउनुपर्ने प्रक्रिया नै एकदमै अप्ठ्यारो छ। खेलकुदबाट भएको लगानीहरुलाई अलि फरक ढंगले हेर्दिनु पर्छ भन्ने लाग्छ।

फ्रेन्चाइजका नीतिगत चुनौती

अहिले फ्रेन्चाइजहरु ‘स्ट्रगलिङ फेज’ छ। यो समयमा राज्यले जति करका दायराहरु हुन सक्छ, ती कुराहरुमा केही खुकुलो गर्दिन सक्छ। अहिले भ्याट, आयकरहरु धेरै छन्। विदेशी खेलाडी र घरेलु खेलाडीको पनि टीडीएसहरुमा सरकारले राहत दिन सक्छ।

पुरस्कार भनेर समग्र पुरस्कार हेरिन्छ। तर, टिमले त खेलेर जितेको २५ प्रतिशत त टीडीएस तिर्नुपर्ने हुन्छ। के त्यो टिमलाई कट्टा भएर जान्छ नि त राज्यलाई २५ प्रतिशत तिरिरहेको हुन्छ। क्रिकेट संघले आयोजना गरिरहेको छ नेपाल प्रिमियर लिग भनेपछि यसमा डोमेस्टिक वा इन्टरनेसनल भेन्डरसँग भने हामीले केहि सर्भिसेसहरु लिन चाह्यौँ भने यो प्रक्रिया सजिलो छैन।

यसमा हामीले राष्ट्र बैंकबाट एक त पैसा पठाउनुपर्ने प्रक्रिया नै एकदमै अप्ठ्यारो छ। खेलकुदबाट भएको लगानीहरुलाई अलि फरक ढंगले हेर्दिनु पर्छ भन्ने लाग्छ। मैले क्रिकेट संघ मात्र भनिनँ, एन्फा छ अरु संघहरुले पनि यस्ता अप्ठ्यारा झेलिरहेका छन्। यसले गर्दा विदेशमा चाहिँ कुनै उद्देश्यको लागि प्रोडक्सन गर्न या म्यानपावर कन्सल्टेन्ट ‘हायर’ गर्नको लागि सहज बनाउन सकिन्छ।

यसको सिस्टम नभएको होइन। तर, मौजुदा सिस्टम  फेरिन आवश्यक छ।

सीएसआरको बजेट खेलकुदमा लगानी गर्न पाइने भन्ने घोषणा भएको हामीले पनि सुन्यौँ। त्यसपछि ऐन नियमहरु त्यो अनुसार बने बनेनन् त्यो आफ्नो ठाउँमा होला। सीएसआरका बजेटहरु आको भए त ठूलो अब लगानी आउन सक्थ्यो।  यो कतिपय अरु क्षेत्रमा गइराछ, कति फ्रिज भएर बसेका होलान् त्यस्तो पैसा खेलकुदमा आयो भने त हेर्नुस खेल खेलाडी सबैलाई फाइदा हुन्थ्यो। यसमा अप्रोच पनि गरिएको छ समयमा तर अब त्यो प्राक्टिकल्ली देख्न पाइएको चाहिँ छैन।

विदेशी कम्पनी पनि नेपालमा एफडीआई खोलेर आउदा उसलाई सीमित राहत दिन सकिन्छ। उसले यहाँबाट यहाँ लगानी गर्छ, कमाउछ, यहाँ कर पनि तिर्छ । तर, कर तिरेपछि लिएर जानलाई सहज बनाइदिनु पर्छ।

चाहिएको नीति के?

नीतिगत रुपमा करको अवस्थामा नै परिवर्तन आवश्यक छ। विदेशी खेलाडी ल्याउँदा खेरी उनीहरुलाई परमिट दिलाउनै अप्ठ्यारो प्रक्रिया छ। हामीलाई चाहिँ खेलकुद परिषद्ले या मन्त्रालयले यो काम गर्दिने हो र श्रमसम्म जान नपर्ने प्रावधान आवश्यक छ। कतिपय समयमा खेलाडीलाई पैसा लिएर जान पनि गाहो हुन्छ। यसलाई सहज बनाउन सके बल्ल स्तरीय खेलाडी र प्रशिक्षकहरू आउन सक्छन्।

मैले डोमेस्टिक मात्र भनिनँ, विदेशी कम्पनी पनि नेपालमा एफडीआई खोलेर आउदा उसलाई सीमित राहत दिन सकिन्छ। उसले यहाँबाट यहाँ लगानी गर्छ, कमाउछ, यहाँ कर पनि तिर्छ। तर, कर तिरेपछि लिएर जानलाई सहज बनाइदिनु पर्छ। पहिलो त कर एकदमै धेरै छ। त्यसपछि त्यो आयकरहरु र टीडीएसहरु छन्। हाम्रो त्यसलाई चाहिँ अलिकति राहत दिने किसिमका हुनुपर्छ जस्तो लाग्छ। त्यो भयो भने चाहिँ ठूलो इन्भेस्टमेन्ट नेपालमा आउन सक्छ। पहिलाको तुलनामा केही हदसम्म सहज छ तर पर्याप्त छैन।

कुनै कम्पनीले ५१ प्रतिशतभन्दा धेरै लगानी गरेको छ भने धेरै वटा बन्देजहरु हुन्छ। यो गर्न पाउने, त्यो गर्न नपाउने। यसमा खुकुलो गर्दिनु पर्छ। उसको विज्ञता, उसले गर्ने कन्सल्टिङका कुराहरु उसले गर्ने यहाँ इन्भेस्टमेन्टका कुराहरुलाई सहज बनाइदिनुपर्छ।

यसको मतलब राष्ट्रिय हाम्रो स्वाधीनतामै अप्ठ्यारो आउने कुराहरुमा त कुनै पनि विदेशी कम्पनीलाई आओस् र गरोस् हामीले पनि भनेका होइनौ। तर, खेलकुदमा लगानी गर्न आउँछ भने कुनै कम्पनीलाई नीति नियममा चाहिँ सहज गराइदिउँ। उसलाई चाहिँ कन्सल्टिङ गर्ने कुराहरुमा चाहिँ सहज गराइदिन सकिला। उसको म्यानपावरहरु ह्युमन रिसोर्सहरु यहाँ ल्याउँदा खेरि चाहिँ काम गर्ने कुराहरुमा सहज गर्दिन सकिएला।

सुरुका केही वर्षमा करमा राहत दिएर विस्तारै एउटा सिलिङ तोकेर माथि लग्न सकिन्छ। सुरुमा आउनलाई चाहिँ त्यो सहज बनाइदिनु पर्छ। उसले यहाँको पूर्वाधारमा लगानी गर्छ भनेपछि पनि पूर्वाधारमा लगानी गर्नलाई लगानी ल्याउनलाई पनि सहज वातावरण बनाइदिनु पर्छ।

नेपालमा आएर काम गर्न चाहने विदेशी कम्पनीहरु धेरै छन्। नेपाल प्रिमियर लिग पछि त अझ धेरै इन्टरनेसनल कम्पनीहरु इच्छुक भएर आएका छन्। हाम्रै फ्रेन्चाइज टिमहरुसँग नै जोडिन चाहने नै कति वटा विदेशी कम्पनीहरु छन्। भोलि यसले चाहिँ नेपाली खेलकुदलाई नै फाइदा पुग्ने हो।

‘सरोगेट एडभर्टाइजिङ’का कुराहरुमा पनि ठूलो एउटा चाहिँ स्पष्टता छैन। त्यो स्पष्टता हुनुपर्छ। बेटिङ र यस्ता गैरकानुनी गतिविधि यस्ता चिजहरुमा एकदमै सचेत छौँ। कुनै हालतमा पनि हुन दिनु हुँदैन। तर, ‘सरोगेट एडभर्टिजमेन्ट’ लिएर आउने कुनै कम्पनी जसले चाहिँ यहाँको नीति नियमहरु कुनै उल्लंघन गर्दैन भने ठीक छ। यो कुरा त अरु लिगमा पनि अभ्यासमा छ।

यो विषय ‘ग्रे लाइन’मा हुनु भएन। यसमा कानुनी स्पष्टता चाहिएको छ। जसको ट्रयाक रेकर्ड राम्रो छैन, बिगतमा बेटिङ लगायतका गलत गतिविधिमा संलग्न भएको भए त्यसलाई रोक लगाउनु पर्छ। तर, सरोगेट नै हो तर, अरु कुनै प्रपर बिजनेस पनि चलाइरहेको छ भने दिन पनि सकिएला। यहाँ नै गलत गतिविधि गर्छ र यहाँ नै हाम्रो खेल खेलाडी र खेल भावना र युवा पुस्तालाई नै बिगार्छ भने त त्यसलाई त दिनु भएन।

एनपीएलमा लगानीमात्रै?

अहिले एनपीएल/एनएसएल लगायत अरु लिगहरु संचालन भएर निजी क्षेत्रको खेलकुदमा आकर्षण बढ्दो छ। आईपीएलकै उदाहरण हेर्नुभयो भने पनि सुरुका चार पाँच वर्ष उनीहरुले पनि ‘मनि बर्निङ बिजनेस’ नै गरे। यसलाई त अहिले पैसा लगाउने लगानीमात्र हो तर सँगसँगै टिमको भ्यालुएसन बढिरहेको हुन्छ, टिमको ब्राण्ड  निर्भर भइरहेको हुन्छ।

हामीले नेपाल प्रिमियर लिगको यो पाली पनि सुन्यौ टिमको लिगको भ्यालु कति बढ्यो भन्ने। अझ पनि केही वर्ष हामीलाई पक्कै पनि चुनौतीपूर्णै हुन्छ नै हुन्छ। लगानी गर्नुपर्ने हुन्छ तर त्यो भैरहँदा खेरि टिमको ब्राण्ड भ्यालु, फ्यान फलोइङहरु बढेर गएको छ।

हाम्रो भौतिक संरचना पनि बन्दै छ। रंगशालामा राम्रो लाइट्सहरु लाएपछि रात्री खेलहरु भएपछि रेभिनु पनि उठ्छ। यसमा भविष्य चाहिँ राम्रो छ।

एनपीएलको अन्तर्राष्ट्रिय प्रभाव पनि राम्रो छ। यसबाट रिटर्न आउन समय त लाग्छ तर जसरी ब्राण्ड बनिरहेको छ, चार/पाँच वर्षपछि चाहिँ सेल्फ सस्टेनेबल भएर रिटर्न दिने बाटोमा पुग्न सक्छ।

कस्तो हुनेछ एनपीएल दोस्रो संस्करण?

दोस्रो संस्करणबाट धेरै कुरा फरक हुन्छ। स्टेडियम बनिसकेपछि फ्यान एक्सपिरियन्स स्टेडियम भित्रै हेर्ने त्यो नै फरक हुने भैहाल्यो। अनि खेलाडी पनि हामीले पहिलो संस्करणमा देखेका थियौँ त्यो भन्दा अझ बेटर अझ माथिल्लो लेभलका खेलाडी सायद देख्न पाउछौँ।

एनपीएल संघले आफैं आयोजना गर्‍यो। त्यो भएपछि एउटा विश्वास हुने भो निजी क्षेत्रको। क्रिकेटको विकास एकदमै राम्रो गइरहेको छ धेरै हिसाबले। पछिल्ला वर्षमा नेपालले विश्वकप खेलेको, एसिया कप खेलेको  छौं। महिला टिमले राम्रो गरेको छ। अनि यू-१९ टोलीले विश्वकप खेलेको छ।

जब नेपाल प्रिमियर लिगको परिकल्पना गर्‍यौं।  बोर्डले गभर्निङ काउन्सिललाई एनपीएल गर्नको लागि जिम्मेवारी र अधिकार दियो। हाम्रो गभर्निङ काउन्सिलका संयोजक र क्यानका सचिव पारस खड्काजी केन्द्रीय हाम्रो कोषाध्यक्ष पदम खड्का र म हामी तीन जना भएको कमिटीले हामीले यसलाई चाहिँ प्रोफेसनल बनाउनु पर्छ र मोनेटाइज पनि गर्नुपर्छ भनेर सोच्यौँ। निजी क्षेत्रको आकर्षण बढिरहँदा एनपीएललाई व्यवसायिक बनाउन लाग्यौँ। हाम्रो भ्यालुलाई घटाएर हामी कुनै पनि काम नगर्ने रणनीतिमा काम गर्‍यौँ। त्यही अनुसारको फ्रेन्चाइज फीको कुराहरूमा निजी क्षेत्रलेले विश्वास गर्नुभयो।

हामीले जति पैसा आयो अहिले क्रिकेट संघमा त्यसलाई हामीले चाहिँ लगानीका रुपमा प्रयोग गर्‍यौं। चाहे हामीले त्यो स्टार स्पोर्ट्समा देखाउने कुरा होस्, प्रोडक्सन बेस्ट क्वालिटी गर्ने कुरा हो। जो हामीसँग उपलब्ध थियो टीयु क्रिकेट मैदान त्यसलाई अझ राम्रो गर्ने प्रयास गर्‍यौं।

टीसीएम जस्तो इन्टरनेसनल कम्पनीहरुलाई चाहिँ जोड्न सफल भयौं। जसको आइपीएल वा अन्तर्राष्ट्रिय लिगहरुको र आइसीसी इभेन्टमा काम गरिसकेको अनुभव छ। यी चिजहरुले फरक पार्‍यो जस्तो लाग्छ। यसलाई पूर्ण व्यवसायिक बनाउनलाई चाहिँ र फ्रेन्चाइजहरुले पनि उत्तिकै सपोर्ट कहाँ गर्दिनुभयो, उहाँहरुले हाम्रो गाइडलाइनहरु फलो गर्दिने र विदेशी खेलाडीहरू राम्रो भन्दा राम्रो ल्याइदिने गर्नु भयो। यसले प्रतियोगिता प्रतिस्पर्धात्मक बनाउन एनपीएललाई यो अवस्थामा पुग्न सफल बनाएको हो कि जस्तो लाग्छ।

हाम्रो त्यहाँ विदेशी साथीहरु पनि अचम्म पर्नु हुन्थ्यो। सोमबार या मंगलबारको दिन छ। बिहान ९ बजेको म्याच स्टेडियम ‘प्याक’ भइरहेको छ। यति धेरै फ्यानहरु आएर म्याच त्यसरी फलो गर्नुभयो र हाम्रो समग्र नेपालको मिडियाको सपोर्ट यी चिजले गर्दा खेरि चाहिँ नेपाल प्रिमियर लिग यहाँ पुग्न सफल भएको हो।

कर्पोरेटको कुरा गर्नुहुन्छ भने त एकदमै ठुलो राम्रो राम्रो रेस्पोन्स छ। एकदमै उहाँहरु धेरै पहिलो वर्षको अनुभवबाट सोचेको त्यो भन्दा पनि राम्रो ‘माइलेज’ पाएको भन्ने किसिमले उत्साहित हुनुहुन्छ। पहिलो संस्करणमा नजोडिएका उ जोडिन नपाएका कम्पनी ब्राण्डहरु पनि अहिले जोडिन खोजिरहनु भएको छ। विगतका लिगहरुले चाहिँ छोडेको पुरानो जुन दागका थियो, त्यो चिजलाई चाहिँ नेपाल प्रिमियर लिगले चाहिँ केही हदसम्म एउटा पखाल्नलाई पनि एउटा किसिमले काम गरेको छ। हामी टेस्ट राष्ट्रबाट आउने खेलाडी स्टार खेलाडीको संख्या धेरै भन्दा धेरे बढोस् भन्ने बाटोमै अगाडि प्रयास गर्दै छौं।

जति पनि एनपीएलमा आइरहेको छ त्यसलाई हामीले एनपीएललाई अझ समृद्ध र सबल बनाउन र एनपीएललाई ‘सब्स्टेनेबल’ बनाउनलाई नै लगानी गरिरहेका छौं। हामी ब्राण्ड निर्माण गरिरहेका छौं। कुनै कर्पोरेटले पनि एउटा बिजनेस गर्‍यो, कुनै ब्राण्ड बनायो भने उसले त केहि समय त्यसलाई इन्भेस्टमेन्ट गर्छ मलजल गर्छ, लगानी गर्छ। जब त्यो एउटा लेभलमा पुग्छ त्यसपछि त्यसले रिटर्न दिने हो। अहिले हामी बेस नै बनाइरहेका छौ, त्यो बनिरहेको छ।

लगानी अझै केही समय भएपछि अनि त्यसपछि बल्ल रिजल्ट आउछ। हामीले चाहिँ कम्प्रमाइज गरेर कतिपय चिजमा चाहिँ हैन यो नगरौं भन्ने हो भने पनि केही पैसा बच्न सक्छ होला। तर, त्यो भन्दा पनि यसलाई  छुट्टै पहिचान दिने प्रयासमा हामी छौं।

एनपीएलको अन्तर्राष्ट्रिय प्रभाव पनि राम्रो छ। यसबाट रिटर्न आउन समय त लाग्छ तर जसरी ब्राण्ड बनिरहेको छ, चार/पाँच वर्षपछि चाहिँ सेल्फ सस्टेनेबल भएर रिटर्न दिने बाटोमा पुग्न सक्छ।

पूर्वाधार निर्माणमा फ्रेन्चाइजहरु इच्छुक हुनुहुन्छ। हामीले ‘पार्ट अफ द कन्ट्र्याक्टमा’ ग्रासरुट विकासमा उहाँहरुको योगदान हुनै पर्छ भनेका पनि छौ। उहाँहरुले यसलाई सकारात्मक रुपमा लिनु पनि भएको छ। पहिलो सिजन सकियो अब बिस्तारै उहाँहरु योजनामा हुनुहुन्छ।

हामीले आ-आफ्नो भूगोलमा आफ्नो क्षेत्रमा एकेडेमीहरु खोल्नुपर्छ भन्या छौं। त्यसमा चाहिँ ग्रास रुटमा काम गर्न उहाँहरु इन्ट्रेस्टेड/इच्छुक, पक्कै पनि त्यसमा चाहिँ भोलिका दिनमा हामी देख्न पाउँछौं जस्तो लाग्छ। ठूलो स्टेडियमहरु आइपीएलहरुमा पनि संघकै हुने हो। यहाँ फ्रेन्चाइजले नै आफैले स्टेडियम बनाउने अहिले सम्भव नहोला। उहाँहरुको लगानी अहिल्यै यति ठूलो छ लिगमा। भोलिका दिनमा उहाँहरुले पनि विदेशी पार्टनरसिपहरु ल्याउन सकेर आफ्नो टिमको भ्यालुएसन बढ्दै गयो भने नहोला भन्न सकिन्न।

आयोजकले ती खेलाडीलाई यहाँ ल्याइसक्यो भनेपछि त्यसलाई पर्यटन प्रवर्धनमा प्रयोग गर्न सकिन्छ। रोबर्टो कार्लोसले पोस्ट गर्दिदा या ब्रायन लाराले गर्दिदा त्यो चिजहरुको भ्यालु त बढ्छ नि। यसले नेपालको टुरिजमलाई संसारले चिन्छ।

खेल पर्यटन

नेपाल पर्यटन बोर्डले एनपीएल र एनएसएल दुइटैसँग पार्टनरशिप गरेको थियो। उहाँहरु टुरिजम पार्टनरको हिसाबले जोडिनु भएको थियो। नेपालमा ब्रायन लारा, बुफोन र रोबर्टो कार्लोस जस्ता ठूला खेलाडी आउनु भयो। शिखर धवन, मार्टिन गप्टिल, जिम्मी निशमजस्ता खेलाडीले खेल्नु भयो।

यस्ता ठुला खेलाडी आउँदा पर्यटन बोर्डले उहाँहरुसँग सहकार्य गर्नलाई एउटा बजेट छुट्याउन पर्छ। बोर्डमा भएका धेरै जना यसमा पोजेटिभ पनि हुनुहुन्छ। तर, यो कुरामा उहाँहरुको पनि दायरा होला वा नियम कानुनले रोक्छ होला। यो बजेट खर्च गर्नलाई अलि खुकुलो गर्दिनुपर्छ जस्तो लाग्छ।

लिगसँग जोडिएर यस्ता ठुला नाम नेपाल आउँदाखेरि पर्यटन बोर्डले कोल्याब गर्न सक्छ। जस्तै ब्रायन लाराले यहाँका चाहिँ ठाउँहरुमा डुलेको वा हाम्रो आइकनिक ठाउँमा गएको पोस्ट राख्ने हो भने ठूलो प्रभाव पार्छ। जस्तै शिखर धवन एभरेस्टमा गएका थिए।

आयोजकले ती खेलाडीलाई यहाँ ल्याइसक्यो भनेपछि त्यसलाई पर्यटन प्रवर्धनमा प्रयोग गर्न सकिन्छ। रोबर्टो कार्लोसले पोस्ट गर्दिदा या ब्रायन लाराले गर्दिदा त्यो चिजहरुको भ्यालु त बढ्छ नि। यसले नेपालको टुरिजमलाई संसारले चिन्छ।

संघले र निजी क्षेत्रले त प्रयास गरिरहेको छ। उहाँहरु पनि इच्छुक हुँदाहुदै पनि बजेटको रेस्ट्रिक्सन त्यो उहाँहरुको नीतिगत अवस्थामा अलि अप्ठ्यारो भएकाले हुनसक्छ, यसमा काम हुन सकेको छैन। पर्यटनको प्रचार प्रसार गर्न क्रिकेट फुटबललगायतका खेलसँग जोडिने हो भने चाहिँ यसले ठूलो इम्प्याक्ट गर्न सक्छ।

नेपाल प्रिमियर लिगकै बेला हेर्नुस् विदेशी खेलाडी आउँदा उनीहरुको परिवार आएका थिए। शिखर धवनका फ्यानहरु भारतदेखि यहाँ हेर्न आएका थिए उसलाई। व्यवसायिक लिगहरुमा उहाँहरुलाई जोड्न राज्यले सके दोहोरो फाइदा हुने देखिन्छ।

(नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय सदस्य, एनपीएल गभर्निङ काउन्सिलका सदस्य तथा नेपाल सुपर लिगमा प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिसकेका सुदीप शर्मासँग बजेटमा खेलकुद शीर्षकमा आधारित रहेर बिजमाण्डूका मुकुन्द घिमिरेले गरेको कुराकानीको सम्पादित अंश)