सरकारले बढाएन कर्मचारीको तलब, महँगी भत्ता पुर्‍याइयो मासिक ५ हजार

बिजमाण्डू
२०८२ जेठ १५ गते १७:०४ | May 29, 2025
सरकारले बढाएन कर्मचारीको तलब, महँगी भत्ता पुर्‍याइयो मासिक ५ हजार


काठमाडौं। सरकारले कर्मचारीको तलब बढाउन अस्वीकार गरेको छ। स्रोतमा चापको कारण देखाउँदै सरकारले तलब बढाउन अस्वीकार गरेको हो।

Tata
GBIME

अर्थमन्त्री विष्णु पौडेलले स्रोतमा चापका कारण कर्मचारीको तलब बढाउने अवस्था नरहेको बताए। उनले तलबको साटो भत्ता थपेका छन्। कमर्चारीले अहिले मासिक २ हजार रुपैयाँ भत्ता पाउँदै आएकामा आगामी साउनदेखि लागू हुने गरी मासिक ५ हजार रुपैयाँ पाउनेछन्।

अर्थ मन्त्रालयले १० प्रतिशतका दरले तलब बढाउने तयारी गरेपनि अन्तिममा खर्च धान्न नसक्ने स्थिति आएपछि तलबको साटो भत्ता बढाइएको हो।

१० प्रतिशत तलब बढाउँदा सरकारलाई वार्षिक करिब ४० अर्ब रुपैयाँको भार थपिन्छ। तलब बढाउँदा पेन्सन रकममा पनि भार पर्छ। तर भत्ता बढाउँदा पेन्सनमा भार पर्दैन।