
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको कारागार बसाइ लम्बिएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न लागेको छ।
रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएर आगामी कार्यदिशाका विषयमा छलफल गर्न लागेको हो। केन्द्रीय समितिको बैठक आइतबार अपरान्ह बस्दैछ।
सभापति लामिछाने तत्काल काराबारबाट बाहिर निस्किने अवस्था नरहेकाले पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल केन्द्रित हुने कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते कारागार चलान गर्न दिएको आदेश अनुसार रवि चैत २५ देखि कारागारमा छन्। सर्वोच्च अदालतले रविलाई कारागारमुक्त गर्न जेठ ९ गते अस्वीकार गरेको छ।
सहकारी ठगीको कसुरका कारण रविको सांसद सांसद पद निलम्बनमा छ। उनलाई मुद्दा दायर हुनुअघि गत कात्तिक पहिलो साता प्रहरीले नियन्त्रणमा लिएको थियो। रास्वपाले रविको विकल्पमा सभापति र संसदीय दलको नेता चयन गरेको छैन।
रास्वपाले आगामी फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय यसअघि नै गरेकामा यस विषयमा पनि आइतबारको बैठकमा छलफल हुने झाले जानकारी दिए।