इन्स्योरेन्सको फण्ड परिचालन गर्न एक वर्षभित्र पूर्वाधार बण्ड जारी गर्ने सरकारको योजना



बिजमाण्डू
२०८२ जेठ ९ गते ११:१५ | May 23, 2025
इन्स्योरेन्सको फण्ड परिचालन गर्न एक वर्षभित्र पूर्वाधार बण्ड जारी गर्ने सरकारको योजना

काठमाडौं। इन्स्योरन्स कम्पनीको लगानी विविधिकरणका लागि सरकारले एक वर्षभित्र पूर्वाधार बण्ड जारी गर्ने योजना अघि सारेको छ।

Tata
GBIME
Nepal Life

पूर्व अर्थसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको सुझाव कार्यान्वयनका लागि सरकारले कार्ययोजना बनाएको हो।

खनाल नेतृत्वको आयोगले इन्स्योरेन्स लक्षित पूर्वाधार बण्ड जारी गरेर कम्पनीहरुको फण्ड परिचालन गर्न भनेको थियो। सरकारले सो सुझाव कार्यान्वयनका लागि गठन गरेको समितिले एक वर्षभित्र इन्स्योरेन्स लक्षित पूर्वाधार बण्ड जारी गर्ने प्रतिवेदनमा उल्लेख गरेको हो।

‘बीमा कम्पनीलाई लामो अवधिको वित्तीय साधन परिचालन गर्न उच्च प्रतिफल दिने पूर्वाधार आयोजनाका लागि पूर्वाधार वण्ड जारी गर्ने,’ प्रतिवेदनमा कार्ययोजनाबारे उल्लेख छ।