विदेशबाट फर्कंदा सुनका गहना ल्याउने क्रम बढ्दो, १० महिनामा भित्रियो ५ अर्बभन्दा बढीका

बिजमाण्डू
२०८२ जेठ ८ गते १५:०४ | May 22, 2025
विदेशबाट फर्कंदा सुनका गहना ल्याउने क्रम बढ्दो, १० महिनामा भित्रियो ५ अर्बभन्दा बढीका


काठमाडौं। विदेशबाट फर्कने नेपालीले सुनचाँदीका गहना ल्याउने क्रम बढेको छ। विदेशबाट फर्कने नेपालीले चालु आर्थिक वर्ष १० महिनामा ५ अर्ब रुपैयाँभन्दा बढीका गहना ल्याएका हुन्।

Tata
GBIME

तोलामा ३० हजार रुपैयाँसम्म सस्तो पर्ने भएका कारण विदेशबाट फर्कंदा सुनका गहना ल्याउने क्रम बढेको हो।

चालु वर्ष वैशाखसम्म २ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ बराबरका २०९ केजी सुनका र २ अर्ब ६७ करोड २० लाख रुपैयाँ बराबरका १९ हजार ३० केजी चाँदीका सामान भित्रिएको भन्सार विभागले जनाएको छ।

गत वर्ष सोही अवधिमा १ अर्ब ८३ करोड रुपैयाँको सुनको गहना र ७७ करोड ८३ लाख रुपैयाँका चाँदीका सामान आयात भएको तथ्यांक छ।

सुनको आयात घट्दा गहना भित्र्याउने क्रम भने बढेको हो। चालु आर्थिक वर्ष १७ अर्ब १२ करोड ८९ लाख रुपैयाँको सुन र ३ अर्ब ५४ करोड रुपैयाँको चाँदी आयात भएको छ।