
काठमाडौं। चालु आर्थिक वर्ष ३४ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको धान चामल आयात भएको छ।
भन्सार विभागका अनुसार १० महिनामा १८ अर्ब ९५ करोड ५२ लाख रुपैयाँको ४९ करोड ५१ लाख ३८ हजार केजी धान आयात भएको छ।
यस्तै, ६ अर्ब ५४ करोड १५ लाख रुपैयाँको ५ करोड ९६ लाख ३४ हजार केजी बासमती र ८ अर्ब ९९ करोड ३९ लाख रुपैयाँको १३ करोड ६७ लाख ४४ हजार रुपैयाँको जिरा मसिनो लगायत चामल आयात भएको छ।
गत वर्ष १० महिनामा १० अर्ब ८१ करोड रुपैयाँको धान तथा ५ अर्ब रुपैयाँको बासमती तथा २ अर्ब ५६ करोड रुपैयाँको जिरा मसिनो चामल आयात भएको थियो। भारतले धान चामल निर्यातमा लगाउँदै आएको शुल्क हटाएपछि आयात उलेख्यरुपमा बढेको हो।