
काठमाडौं। सुनचाँदीको भाउ बिहीबार घटेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ३ हजार ५ सय र चाँदी ३५ रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ८१ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।
यसअघि मंगलबारका तुलनामा ५ सय रुपैयाँले बढ्दा बुधबार तोलाको १ लाख ८५ हजार ३ सय रुपैयाँ पुगेको थियो।
चाँदी घट्दै प्रति तोला १ हजार ९ सय २५ रुपैयाँ भएको छ। अघिल्लो दिनको भन्दा १० रुपैयाँ घटेर बुधबार तोलाको १ हजार ९ सय ६० रुपैयाँ थियो।
चीन र अमेरिकाले भन्सारमा लगाएको कर घटाउने चर्चासँगै सुनको भाउ घट्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै बिहीबार प्रति औंस ३१३९.४५ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रति औंस ३१.७८ डलर छ।