
काठमाडौं। सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक आइतबार ३.४४ अंकले घटेर २६२०.३९ विन्दुमा आएको छ।
कारोबारमा आएका बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा कम्पनी बाहेका उपसमूहले बजार घटाएका हुन्।
११७ कम्पनीका लगानीकर्ताले कमाएका छन्। नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
१२८ कम्पनीको मूल्यमा गिरावट आएको छ। विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।
बजारमा ९ अर्ब २४ करोड ५५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। सानिमा माई हाइड्रोपावरको सर्वाधिक ६० करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, ङादी ग्रुपको ५५ करोड १४ लाख र राधी विद्युत कम्पनीको ५१ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।