सात उद्योगमा रहेको सरकारी लगानी व्यवस्थापन गरिने, मन्त्रिपरिषद्ले दियो स्वीकृति

बिजमाण्डू
२०८२ बैशाख २१ गते १५:०० | May 4, 2025
सात उद्योगमा रहेको सरकारी लगानी व्यवस्थापन गरिने, मन्त्रिपरिषद्ले दियो स्वीकृति


काठमाडौं। सरकारले विभिन्न ७ उद्योगमा रहेको आफ्नो लगानी व्यवस्थापन गर्न स्वीकृति दिएको छ।

Tata
GBIME
NLIC

मन्त्रिपरिषद्को वैशाख १५ गते बसेको बैठकले विभिन्न ८ उद्योगमा रहेको सरकारी लगानी व्यवस्थापन गर्न स्वीकृति दिएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषद् बैठकको निर्णय आइतबार सार्वजनिक गरे अनुसार जनकपुर चुरोट, गोरखकाली रबर, उदयपुर सिमेन्ट, हेटौंडा सिमेन्ट, बुटवल धागो, नेपाल ओरियन्ट म्याग्नेसाइट र नेपाल मेटल कम्पनीमा रहेको सरकारी लगानी व्यवस्थापन गर्न स्वीकृति दिएको हो।