ऊर्जा राज्यमन्त्री खमबहादुर गर्बुजालाई नियुक्त भएको पाँचौं दिनमा ओलीले गराए शपथ

बिजमाण्डू
२०८२ बैशाख २१ गते १३:५३ | May 4, 2025
ऊर्जा राज्यमन्त्री खमबहादुर गर्बुजालाई नियुक्त भएको पाँचौं दिनमा ओलीले गराए शपथ


काठमाडौं। नवनियुक्त ऊर्जा राज्यमन्त्री खमबहादुर गर्बुजालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ गराएका छन्। गर्बुजालाई नियुक्त भएको पाँचौं दिनमा आइतबार ओलीले शपथ गराएका हुन्।

Tata
GBIME
NLIC

म्याग्दीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद गर्बुजालाई ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते राज्यमन्त्री नियुक्त गरेका थिए।

ओलीले कांग्रेसकै पूर्णबहादुर तामाङलाई वैशाख १० गते ऊर्जा राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए।